काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघको चुनावमा संघाई प्यानलका उपाध्यक्षका उम्मेदवारको नाम कांग्रेसको समानुपातिक सूचीमा रहेको खुलासा भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको जिल्लानगर उपाध्यक्षका उम्मेदवारी घोषणा गरेका सुरकृष्ण वैद्य नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सूचीमा रहेको खुलासा भएको हो ।
समानुपातिक प्रणालीको बन्दसूचीमा रहेका उम्मेदवार भने पाँच वर्षसम्मनै उम्मेदवारको रूपमा रहेका हुने भएकाले उनको सो उम्मेद्वारी गैरकानुनी हुने देखिन्छ । समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचन भएका कुनै सदस्यले राजिनामा दिएमा वा अन्य कुनै कारणले रिक्त भएमा बन्द सूचीमै भएका मध्येबाट सांसद बनाउनुपर्ने भएका कारण उनीहरूको उम्मेदवारी पाँच वर्षसम्म नै कायम रहन्छ । जसका कारण उनीहरूले कुनै पनि नियुक्तिमा अवसर नपाउने प्रचलित व्यवस्था भएकाले उनको उम्मेद्वारी खारेजभागी रहेको कानुनका जानकारहरुको दाबी छ ।
यसअघि नेपाल उद्योग वाणिज्य महासंघका तत्कालीन उपाध्यक्ष प्रमोद श्रेष्ठको मेयरमा उम्मेदवार बन्दा पद नै खारेज भएको थियो । महासंघ विद्यानमा कार्यकारिणी अधिकार भएको कुनै राजनीतिक पदमा नियुक्त भएमा वा निर्वाचित भएमासमेत सो पद खारेज हुने उल्लेख गरिएको छ । समानुपातिकको सूचीमा रहेका व्यक्ति ५ बर्षसम्म उम्मेदवार नै कायम हुने भएकाले उनको उम्मेद्वारी खारेज हुने सम्भावना देखिएको हो । कुनै सांसदले पदबाट राजीनामा गरे वा मृत्यु भएमा उसको ठाउँमा तीनै बन्द सूचीमा रहेका भित्रबाट छनौट गरेर निर्वाचन आयोगले निर्वाचित गराउने प्रचलन रहेको छ।
यता वैद्यले भने आइतबार नै पार्टी कार्यालयमा निवेदन दिएर आफ्नो नाम झिकाउने निर्णय गराएर निर्वाचन आयोगमा बुझाइसकेको दाबी गरेका छन् । तर सो नाम हट्नु अगावै उम्मेद्वारी दिएमा वा सो नाम हट्न कुनै बाधा पुगेमा उनको उम्मेद्वारी खारेज हुने देखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्