×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आगामी आर्थिक वर्षको बजेट १६ खर्ब रुपैयाँको आउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आगामी आर्थिक वर्षको बजेट १६ खर्ब रुपैयाँको आउने

Artha Sarokar

११ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट घटेर आउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार पार्टीको संसदीय दलको कार्यालयमा बजेट सम्बन्धी ब्रिफिङ गर्दै चालु आर्थिक वर्षको भन्दा एक खर्ब ५ अर्ब रुपैयाँ कम बजेट ल्याउने जानकारी गराएका हुन् ।

आगामी आर्थिक वर्षमा १६ खर्ब रुपैयाँ बराबरको मात्र बजेट ल्याउने तयारी भइरहेको अर्थमन्त्री डा. महतले जानकारी दिएका छन् । डा. महतका अनुसार सरकारको स्रोत खुम्चिएको अवस्थामा खर्चको दायरा समेत घटाउनुपर्ने बाध्यताकाबीच आगामी आर्थिक वर्षको बजेट १६ खर्बको सीमा झार्न लागिएको हो ।

उसो त आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको निश्चित सीमाभित्र रहेर बजेट ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन गरिसकेको छ । यो चालू आर्थिक वर्षको बजेटभन्दा १ खर्ब ५ अर्ब रुपैयाँले कम हो ।

चालू आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । तर, आर्थिक वर्षको ९ महिना वितिसक्दा समेत सरकारले मुस्किलले ५३ प्रतिशत बजेट खर्च गर्न सकेको छ भने यता राजस्व ५० प्रतिशत उठ्न सकेको छ ।

खर्चको स्रोत घटेसँगै सरकारले आगामी आर्थिक वर्षको बजेटमा साना फुटकर आयोजनाहरुको खर्च कटौती गर्ने नीति लिने अर्थमन्त्री डा. महतको भनाइ छ । प्राथमिकतामा रहेका र बहुवर्षीय ठूला आयोजनाहरुलाई निरन्तरता दिएर स्रोत अपुग आयोजनाहरुलाई स्थगित गरिने समेत अर्थमन्त्री डा. महतले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी