×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बालेनको एक्सन : अव स्कुलहरुले नाम र लोगो फेर्नुपर्ने, ३३ विद्यार्थी विदेशी भए मात्र नाम ‘इन्टरनेशनल’

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार विद्यालयको नाम र लोगो नफेरे कार्वाही गर्ने चतावनी दिएको छ । आइतबार महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत विद्यालयको लोगो र नाममा एकरुपता नल्याउनेलाई कार्वाही गर्ने चेतावनी दिएका हुन् ।

महानगरका अनुसार महानगरपालिकाभित्रका विद्यालयले शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावली ७० को उपनियम १ र २ अनुसार विद्यालयको चिन्ह र नाममा एकरुपता ल्याउनुपर्नेछ । ‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ ले विद्यालयको नाम र चिन्हका बारेमा एकरुपता ल्याउन खोजेको छ । नियमको पालना गर्दै विद्यालयको चिन्ह र नाममा एकरुपता ल्याएर मौलिक र मापदण्ड अनुरुप रहन आग्रह गर्दछौं ।’, मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । ‘नियमको पालना नभएको खण्डमा कानुनी कार्वाही गर्न महानगर बाध्य हुनेछ ।’

महानगरको उक्त नियमावलीको नियम ६९ मा विद्यालयको चिन्ह षट्कोणको हुने र विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिन्ह राख्न सक्ने व्यवस्था गरेको छ । त्यस्तै, नियम ७० को उपनियम १ मा समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने उल्लेख गरिएको छ ।

तर, यो नियम प्रारम्भ हुनुभन्दा अगावै यस नियम विपरीत नामाकरण भैसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखिनै लागू हुनेगरी पुनः नामाकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्नेछ ।

यता सोही नियमावलीको नियम ७० को उपनियम २ मा कुनै संस्थागत विद्यालयले आफ्नो नाममा ‘पब्लिक’ शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रबृत्तिमा अध्ययनरत रहेको हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेसनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ र कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्ने उल्लेख गरेको छ । विद्यालयको नामको अन्तमा विद्यालय स्कूल वा पाठशाला शब्द जोडिएको हुनुपर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: