Skip to content

सिटिजन्स बैंकद्धारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

Dish Home

अर्थ सरोकार

काठमाडौँ । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले बैशाख ७ गते मनाउन लागको सोह्रौं वार्षिक उत्सवका उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो ।

एक समारोहका बीच बैँकले आइतबार रु एक लाख पचास हजार चेक संस्थाका कार्यक्रम इन्चार्ज गोविन्द विश्वकर्मा लाई हस्तान्तरण गरेको छ ।

एक समारोहका बीच बैंकले बाल विकास समाजमा रहेका एक सय जना बालबालिका मध्ये १५ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा  इन्चार्ज विश्वकर्माले जानकारी दिए । 

हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९  वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैङ्किङ ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैङ्किङ सेवाहरू प्रदान गर्दै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्