काठमाडौँ । महालक्ष्मी विकास बैंकको ऋणपत्र “११% महालक्ष्मी डिबेन्चर –२०८९” तोकिएको समय भित्रै बिक्री भइसकेको छ । गत चैत्र २९ गते देखी निष्कासन खुल्ला गरेको बैंकको ऋणपत्र तोकिएको समय भित्रै बिक्री भइसकेको हो ।
दश बर्ष अवधि तथा वार्षिक ब्याजदर एघार प्रतिशत भएको “११% महालक्ष्मी डिबेन्चर –२०७९” प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका दश लाख कित्ताले हुन आउने जम्मा रकम रु. एक अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत रकम व्यक्तिगत तवरबाट र चालीस प्रतिशत रकम सर्वसाधारण नेपालीहरूको लागि सार्वजनिक निष्कासनबाट बिक्रीका लागि खुल्ला गरिएको थियो ।
इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम ४ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको उक्त ऋणपत्र खरिदका लागि छिटोमा बैशाख ४ गते र ढिलोमा बैशाख १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको थियो । यस बैंकको ऋणपत्र तोकिएको छिटो अवधि अर्थात बैशाख ४ गते नै डेढ गुणाले भन्दा बढी खरिद भएको हो । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एन आई सी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको थियो ।
समय अवधि अगावै पूर्ण रुपमा बिक्री हुन सफल भएकोमा बैंकले सम्पूर्ण संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरूलाई हार्दिक आभार तथा धन्यवाद प्रकट गरेको छ । साथै ऋणपत्र प्रतिको आकर्षण र बैंकप्रतिको विश्वासका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्