×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपनिर्वाचन अपडेटः बारा २ मा जसपाको सुरुवाती अग्रता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

उपनिर्वाचन अपडेटः बारा २ मा जसपाको सुरुवाती अग्रता

Artha Sarokar

११ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बारा क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज अपराह्न १२ः४० बजेदेखि सुरु भएको छ । मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले  ४ सय ५८ मतका साथ सुरुआती अग्रता लिएका छन् ।

जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ३ सय ६० मत प्राप्त गरी दोस्रोमा रहेका छन् भने नेकपा (एमाले)का पुरुषोत्तम पौडेल ३ सय १७ मत ल्याएर तेस्रो स्थानमा देखिएका छन । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ सय ६९ मत ल्याएका छन् ।

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बारा क्षेत्र नं २ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मत खसेको थियो । महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको ४४ वटा वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता छन् । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी