काठमाडौं । सरकारले बैशाख १८ गते (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सोमबार सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेसँगै भोली देशभरका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सेयर बजार बन्द हुने भएका छन् ।
सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।
नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो । तर २०६४ सालदेखि अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन सरकारले आधिकारिक रुपमा सार्वजनिक विदा दिन थालेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्