×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बिज्ञापन बजारमा मन्दीको प्रभाव : कर्मचारीलाई पाल्नसमेत नसकेपछि थम्सन नेपाल खारेजीको प्रक्रियामा…

काठमाडौँ । व्यापारमा आएको मन्दीका कारण विज्ञापन बजार खुम्चिएसँगै विभिन्न साना एजेन्सीहरु बन्द भएका घटना त नौला रहेनन् । तर मन्दीको प्रभावले बहुराष्ट्रिय विज्ञापन एजेन्सी वान्डरम्यान थमसनको नेपाल शाखा नै बन्द हुन लागेको खबर भने कतिपयलाई अचम्मलाग्दो खबर हुन सक्छ । तर यो खबर सत्य हो । पछिल्लो समय ठुला कम्पनीका ठुला काम गर्दै आएको थम्प्सन नेपाल खारेजीको प्रक्रियामा गएको हो ।
केहि समय यता आफ्ना कर्मचारीसमेत पाल्न नसक्ने स्थिति आईपुगेपछि कम्पनीले व्यापक कर्मचारी कटौती गरेको थियो भने आफुसँग भएका केहि कामहरु पनि कम्पनीले आउटसोर्समार्फत गर्दै आएको थियो । स्रोतका अनुसार अहिले कम्पनी खारेजी प्रक्रियाका लागि अघि बढीसकेको छ । खारेजी प्रक्रियामै पनि समय लाग्ने हुनाले कम्पनीले यस विषयमा थप केहि बोलेको छैन ।
कुनै बेला विज्ञापन एजेन्सीको राजाका रुपमा चिनिने यो कम्पनीले सूर्य नेपाल, डाबर नेपालजस्ता ठुला कम्पनीको काम गर्थ्यो । कम्पनीसँग रक्सीजन्य प्रोडक्टको ठुलो कामसमेत थियो । तर रक्सीको विज्ञापनमा लागेको रोकका कारण थप समस्यामा परेको कम्पनी पछिल्लो समय ‘अव नेपालमा काम गर्न नसकिने’ निष्कर्षका साथ नेपालबाटै बिदा हुन लागेको हो । यो कम्पनी अमेरिकी कम्पनी हो ।
अहिले विज्ञापन बजारमा आएको मन्दीका कारण साना विज्ञापन एजेन्सीहरु पनि भकाभक बन्द हुन थालेका छन् । कतिपय विज्ञापन एजेन्सीहरु त अव विज्ञापन एजेन्सी चलाउन नसकिने निष्कर्ष निकाल्दै अनलाइन संचारमाध्यम दर्ता गराएर मिडिया चलाउन थालिसकेका छन् ।
थम्सन नेपालको एसिया प्यासिफिकमा मात्र अष्ट्रेलिया, बंगलादेश, चाइना, नेपाल, हङकङ, इण्डिया, इन्डोनेसिया, जापान, कोरिया, फिलिफिन, सिंगापुर, थाइल्याण्ड र ताइवानमा यसका कार्यालय छन् । युरोप, मध्यपूर्व अफ्रिका, ल्याटिन अमेरिका, नर्थ अमेरिका लगायतमा यसको कार्यालय रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: