Skip to content
LAXMI SUNRISE BANK

बीमा कम्पनीहरुलाई पूँजी पुर्याउन तीन महिना समय थप

अर्थ सरोकार

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुले तोकिएको समयमा पूँजी पुर्याउन नसकेपछि पूँजी पुर्याउन समय थप गरेको छ । चैत मसान्तसम्ममा पुँजी पुर्याउन निर्देशन दिएपनि तोकिएको समयमा बीमा कम्पनीहरुले पुँजी नपुर्याएपछि बीमा प्राधिकरणले असार मसान्तसम्मको समय थप गरेको हो ।

प्राधिकरणको निर्देशन अनुसार चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउन पर्ने थियो । तर अधिकाँश बीमा कम्पनीहरुले प्राधिकरणले तोकिएको पूँजी पुर्याउन सकेका थिएनन् ।

प्राधिकरणले बीमा कम्पनीहरुको अनुरोधमा पूँजी पुर्याउने तीन महिना समय थप गर्ने निर्णय गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

हालसम्म नेपाल लाइफ इन्स्योरेन्स, शिखर, सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले मात्रै न्युनतम चुक्ता पूँजी पुर्याएका छन् । बाँकिले मर्जरपछि पनि पुाजि पुराउन सकेको छैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK