×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीसी क्यामेराले काम नगर्दा चोरीका घटना बढे, बत्ति पनि नबलेपछि सेवाग्राही ‘डबल’ मर्कामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सीसी क्यामेराले काम नगर्दा चोरीका घटना बढे, बत्ति पनि नबलेपछि सेवाग्राही ‘डबल’ मर्कामा

Artha Sarokar

४ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दाङको मुख्य बजारमा बत्ति नबल्दा व्यवसायी मर्कामा परेका छन् । जिल्लाको तुलसीपुर बजारमा रातिको समयमा बिजुली बत्ती नबल्ने र सिसि क्यामेराले पनि काम नगर्दा व्यवसायी मर्कामा परेका हुन् । 

साविक राप्तीको व्यापारिक केन्द्रका रुपमा रहेको तुलसीपुरमै सिसी क्यामेरा र सडक बत्ती नहुँदा घाम डुबेपछि पसल बन्द गर्नुपर्ने बाध्यता रहेको व्यवसायी घनश्याम डाँगीले बताए । ‘सिसी क्यामेरा छैनन्, बत्ती पनि छैनन्’, उनले भने, ‘त्यसले पसल सुरक्षित हुने अवस्था नभएपछि दिउँसै पसल बन्द गर्नुपर्ने अवस्था छ ।’

रातिको समयमा बिजुली बत्ती नबल्दा बजार क्षेत्रमा नयाँ सिसी क्यामेरा जडान गरिए पनि काम भने गरेको छैन् । सडकमा रातको समयमा विजुली बत्ति र सिसी क्यामेरा नहुँदा चोरीका घटना बढेको व्यवसायीको गुनासो छ । विजुली बत्ती नहुँदा यात्रुहरूसमेत मारमा परेका छन् ।  सडक बत्ती नबल्दा व्यवसायी आफैँले राखेका सिसी क्यामेराले समेत काम व्यवसायीको भनाइ छ ।  

व्यवसायीले कर तिर्दै आएको भएयता सहज सेवा नपाएको गुनासो गर्दै आएका छन् । तुलसीपुरका विभिन्न स्थानमा एक सय २५ वटा सौर्य बत्ती जडान गरिए पनि बत्तीले काम गर्न छाडेको वर्षौ  । तर, पनि मर्मतका लागि स्थानीय सरकारले चासो देखाएको छैन । सडक बत्ती राख्दा एक करोड रुपैयाँ भन्दा बढी खर्च भएको छ । सौर्य बत्ती वातावरणीय प्रदुषणलगायत विभिन्न कारणले बल्न छाडेको उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीले बताए । 

ठेकेदार सम्पर्कमा नआउँदा सडक बत्ती मर्मत गर्न नसकिएको जनप्रतिनिधि बताउँछन् । तत्कालीन नगरपालिका हुँदा सौर्य बत्तीको सम्झौता भएको थियो । यसपछि नयाँ जनप्रतिनिधि आएर ठेकेदारलाई मर्मतका लागि बोलाए । पहिलो पटक ठेकेदार आए पनि त्यसपछि भने ठेकेदार सम्पर्कमै नआएको तुलसीपुर -५ का वडाध्यक्ष वीरेन्द्र शाहले बताए । 

सडक बत्ती र सिसी क्यामेरा नहुँदा शान्ति सुरक्षा कायम राख्न पनि समस्या पुगेको जनाइएको छ । पटक–पटक चोरी हुने क्रम बढेको छ । अठार क्यामेरा र रातको समय खिच्न मिल्ने सिसी क्यामेराको माग गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी