काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट निर्माण अघि कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारका प्रतिनिधिलाई संगै राखेर अन्तरक्रिया गरेको छ ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल सहित कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। गोविन्द शर्मा, कृषि विभागकी निमित्त महानिर्देशक डा। शान्ता कार्की समक्ष देशभरका ६० भन्दा बढी किसान प्रतिनिधिले कृषि कर्ममा भोग्नुपरेको समस्याबारे अवगत गराएका थिए ।
नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटका लागि कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न सुझावहरू समेत दिएको छ । आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि कृषिको उत्पादन वृद्धिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने, उत्पादनदेखि बजारीकरणसम्म स्पष्ट नीतिगत व्यवस्था एवं बिचौलिया बजार अन्त्य हुनुपर्ने लगायतका सुझाव चेम्बरले दिएको छ ।
चेम्बरका अध्यक्ष मल्लले मुलुकको खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर बजेट बनाउनुपर्ने बताए । अध्यक्ष मल्लले भने, ‘कम्तिमा धान, मकै, गहुँ, एवं फलफूल र माछामासुमा आत्मनिर्भर बन्ने खालको नीतिगत व्यवस्था गर्न आवश्यक छ,। कृषि प्रधान मुलुकमा वार्षिक ३ खर्ब रुपैयाँ हाराहारीमा खाद्यान्न मात्रै आयात हुनु मुलुककै लागि दुर्भाग्य हो, ।’
अध्यक्ष मल्लले बाँझो जमिनलाई सदुपयोग गर्नेगरी ठोस नीति ल्याउन समेत आग्रह गरे । झण्डै ६५ प्रतिशत नागरिक कृषि कर्ममा आवद्ध भएपनि कुल ग्रहस्त उत्पादन जीडीपीमा यो क्षेत्रको योगदान मुस्किलले २३ प्रतिशत मात्रै भएको मल्लले बताए । सरकारले पछिल्लो समय बाँझो जमिनको सदुपयोग नीति अन्र्तगत ५० वर्ष सम्म लिजको व्यवस्था गरेपनि प्रभावकारी कार्यन्वयन हुन नसकेको उनको भनाई छ । कृषि क्षेत्रमा प्रवाह हुने ऋण खेत किन्नेलाई नभई खेती गर्ने किसान समक्ष पुर्याउनुपर्नेमा मल्लले जोड दिए ।
कृषि मन्त्रालयका सचिव डा। शर्माले लगानीको प्रतिफल सुनिश्चित नभएकाले पनि कृषि क्षेत्रमा अपेक्षित लाभ लिन नसकेको बताए । खाद्य सुरक्षालाई राष्ट्रिय सुरक्षा मानेर सरकारले बजेटमा विशेष व्यवस्था गर्न लागेको सचिव शर्माले बताए ।
उनले भने, ‘खाद्य सुरक्षा विश्वकै लागि चुनौती बनिरहेको छ । सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेर यो वर्ष बजेटमा विशेष व्यवस्था गर्न लागेको छ, ।’
यो वर्ष खेती गर्ने समयमा समयमै मल उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उनको भनाई छ । कृषिको उत्पादन वृद्धि, बजारीकरण, निर्यात प्रोत्साहनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सचिव शर्माले बताए । खेतीयोग्य जमिनमा सिँचाइ सुविधाका लागि अन्तरमन्त्रालय समन्वयमा पनि समस्या भएको शर्माले बताए । कृषि योग्य भूमिलाई गैर कृषिमा निरुत्साहित गर्न सरकारले अधिकतम प्रयास गरिरहेको समेत उनले बताए ।
कार्यक्रममा देशभरबाट आएका किसान प्रतिनिधिले कृषि क्षेत्रमा विचौलिया सक्रिय रहेको गुनासो गरेका थिए । बिचौलियाका कारण नै कृषक र उपभोक्ता मारमा पर्ने गरेको कृषकहरुले बताए । कृषिको विकासका लागि नीतिगत समस्या सँगै अन्तरमन्त्रालय र तीन तहको सरकारबीच समन्वय नहुँदा समस्या भएको उनीहरुको भनाई छ । कृषिलाई पर्यटनसंग जोडेर योजना बनाउन आवश्यक रहेको अधिकांशको जोड छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्