काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी अध्यक्ष चन्द्र ढकालले इमान्दार भएर काम गरे परिणाम स्वतः देखिने बताएका छन् । आइतबार महासंघमा अध्यक्षको पदभार ग्रहण गर्दै उनले आफूले इमान्दार भएर काम गर्ने र त्यसले स्वतः राम्रो परिणाम देखिने बताएका हुन् ।
अध्यक्षको पदभार ग्रहण गर्दै ढकालले आगामी दिन नेपालको व्यवसायिक समृद्धिका लागि निकै राम्रो हुनेसमेत दाबी गरेका छन् । ‘हाम्रो उद्धेश्य भनेको इमान्दार भएर काम गर्ने र मुलुकको व्यवसायिक एवम् आर्थिक अवस्थालाई सुधारको बाटोमा लैजाने हो ।’, उनले भने, ‘म इमान्दार भएर काम गर्छु, परिणाम स्वतः देखिन्छ । तर यति कुरामा चाहिँ विश्वस्त छु कि आउने दिन नेपालका लागि निकै राम्रो हुनेछ ।’
त्यस्तै, ढकालले नेपालमा समृद्धिका लागि वा व्यवसायिक सुधारका लागि अवसर नै अवसर भएको दाबी गरेका छन् । ‘मेरो हिसाबमा नेपालमा अवसर नै अवसर छ । मुलुकको वर्तमान अवस्था सुधारिदै गएको छ । सबैले सकारात्म निरन्तरता दिने हो भने भविष्य उज्वल छ ।’
यता अध्यक्षको पदभार ग्रहण कार्यक्रममा बोल्दै महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले नयाँ आएको नेतृत्वले देशमा देखिएको आर्थिक संकट समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्