काठमाडौं । बैशाख १० गते (आज) चितवन क्षेत्र नं. २, बारा क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं.१ मा उपनिर्वाचन हुँदैछ । आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । निर्वाचनका लागि तीन वटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
आइतबार बिहानैदेखि मतदाताहरु मतदान गर्नका लागि मतदान स्थलमा लामबद्ध रुपमा बसेका देखिन्छन् । उपनिर्वाचनको उत्साह तीन वटै जिल्लामा उस्तै देखिएको छ । वृद्धवृद्धा, महिला, युवा, अपाङ्गता भएका व्यक्तिहरु पनि मतदान गर्नका लागि बिहानै मतदान स्थलमा पुगेका छन् ।
तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले उपनिर्वाचन गराउन लागिएको हो । त्यस्तै, चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेपछि त्यहाँ पनि उपनिर्वाचन गरिएको हो ।
फोटो फिचरमा हेर्नुहासे् उपनिर्वाचनको उत्साहः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्