काठमाडौं । चितवन निर्वाचन क्षेत्र नं. २ का दुई वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।
भरतपुर महानगरपालिका ११ स्थित नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको बेला तनाव सृजना भएपछि मतदान रोकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि सो मतदान केन्द्रमा तनाव सिर्जना भएको थियो ।
मतदानस्थलमा तनाव सृजना भएपछि मतदानस्थल बाहिर केहीबेर झडप पनि भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको थियो । हाल स्थिति सामान्य भए पनि मतदान भने सुरु हुन सकेको छैन ।
त्यस्तै, कृष्णपुर माविमा पनि रवि लामिछाने पुग्ला अन्य दलकाले विरोध गरेपछि मतदान रोकिएको थियो । चितवन २ मा रास्वपा सभापति लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्