×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बारामा दुई पटक मत खसाल्न खोज्ने जसपाका नेता पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बारामा दुई पटक मत खसाल्न खोज्ने जसपाका नेता पक्राउ

Artha Sarokar

१० बैशाख २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बारामा एकै व्यक्तिले दुई पटक मत खसाल्न खोजेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । देवताल गाउँपालिका–७ स्थित पिपरपाती जब्दी बुथमा दुई पटक मत खसाल्न खोजेको आरोपमा एक जनालई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ परेका व्यक्तिले एउटा मत हालिसकेपछि पुनः नमुना मतपत्र खसाल्न खोजेका थिए । प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार पक्राउ पर्नेमा ६५ वर्षीय रामसागर यादव रहेका छन् ।

मतदातालाई प्रशिक्षणको क्रममा दिइएको नमुना मतपत्र पनि बाकसमा खसाउन खोजेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादव जनता समाजवादी पार्टीका नेता समेत हुन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी