काठमाडौँ । सिटिजन्स बैंकले ‘नेपाल रेडक्रस सोसाईटी’ संगको सहकार्यमा सातवटै प्रदेशका २७ स्थानमा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । बैंकले १६औं वार्षिकोत्सवको अवसरमा रगतको आवश्यकता र खड्किरहने अभावलाई केही हद सम्म भए पनि पुरा होस् भन्ने अभिप्रायले ‘रक्तदान नै जीवनदान’ भन्ने नारालाई सार्थक बनाउदै यो कार्यक्रम गरेको हो ।
रक्तदान कार्यक्रममा ९४२ जनाको सहभागितामा रहेको थियो । साथै यसै अवसरमा बैंकले कोशी प्रदेश अन्तर्गत धरान शाखाले विराट मेडिकल कलेजको सहकार्यमा रेलवे चोक धरानमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ । शिविरमा करिब १५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधीहरू समेत निःशुल्क वितरण गरेको छ ।
बैंकले स्थापना काल देखिनै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक रूपान्तरण तथा सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति काम गर्ने संघ संस्थाहरूलाई सहयोग गर्दै आइरहेकोमा स्नो याक फाउन्डेसनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले आगामी दिनहरूमा अझै उच्चस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
गा्रहकको सुविधालाई सदैव केन्द्रबिन्दुमा राखेर काम गर्ने क्रममा नेपालका विभिन्न सेवा प्रदायकहरुसँग सहकार्य गर्दै आएको यस बैंकले हालसालै भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहकहरुलाई अस्पतालको सेवाशुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्