Skip to content
LAXMI SUNRISE BANK

खराब कर्जा बढेपछि सिटिजन्स बैंकको नाफा २२ प्रतिशतले घट्यो, ईपीएसमा पनि ३ रुपैयाँको गिरावट

अर्थ सरोकार

काठमाडौं । सिटिजन्स बैंकको नाफा २२ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको तुलनामा २२.२४ प्रतिशतले घटेर १ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा सिटिजन्स बैंकले १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले प्रकाशित गरेको विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा १९.५४ प्रतिशतको सुधार भएपनि खराब कर्जाका लागि प्रोभिजनिङ बढेपछि सञ्चालन नाफा प्रभावित भएको हो । सो अवधिमा बैंकको सञ्चालन नाफा १९.२३ प्रतिशत घटेको छ ।

समीक्षा अवधिमा नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा बैंकको ईपीएस ३ रुपैयाँ ३२ पैसाले घटेर ११ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

त्यस्तै, चैत मसान्तसम्म सिटिजन्स बैंकको खराब बढेर ३.९६ प्रतिशत पुगेको छ । गत वर्ष यसै अवधिमा भने १.७२ प्रतिशत रहेको थियो । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोष २१.३९ प्रतिशतले बढेर ५ अर्ब ९२ करोड नाघेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK