×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्लोभाकिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

स्लोभाकिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

Artha Sarokar

२८ चैत्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्लोभाकिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला पाँचथर फाल्गुनन्द गाउँपालिका वडा नं.३ घर भई हाल लिलितपुर महानगरपालिका वडा नं. १४ नख्खीपोट बस्ने ४६ वर्षीय एकराज नेम्बाङ पक्राउ परेका हुन् ।

उनले विजय लिम्बुलाई वैदेशिक रोजगारीको लागि स्लोभाकिया जानको लागि प्रतिव्यक्ति १५ लाख लाग्ने र स्लोभाकियामा पुगेपछि कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिन्छु मासिक २ लाख भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा १२ लाख रकम लिई सम्पर्क विहीन भएको प्रहरीले जनएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले नेम्बाङलाई चैत २८ गते गोंगबुबाट पक्राउ गरेको हो । पक्राउ परेका नेम्बाङलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी