Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

अर्थ सरोकार

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला नुवाकोट, गाउँखर्क गाउँ विकास समिति वडा नं. ०६ परिवर्तित दुप्चेश्वर गाउँपालिका वडा नं. ०२ स्थाई बतन भई हाल काठमाडौं महानगरपालिका वडा नं. ०६ महांकाल बस्ने ३९ वर्षीय बिकाश तामाङ पक्राउ परेका हुन् ।

उनी बैंकिङ कसुर मुद्दाको १ करोड २५ लाख बिगोमा फरार रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले टोलिले तामाङलाई चैत २९ गते नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाईएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK