×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्यो सुझाव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्यो सुझाव

Artha Sarokar

१७ बैशाख २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरुसँग सुझाव मागेको छ । बोर्डले आइतबार सूचना प्रकाशित गर्दै धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रमका लागि राय तथा सल्लाह–सुझाव माग गरेको हो ।

बोर्डले हरेक वर्ष नीति तथा कार्यक्रम तयार गर्दा सरोकारवाला पक्षहरुसँग राय तथा सल्लाह–सुझाव लिँदै आएको छ । धितोपत्र बोर्डले सूचना जारी गरी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम तयार गर्ने कार्य भइरहेको जानकारी पनि गराएको छ ।

सबै सरोकारवालाहरुलाई बजारको विकास तथा सुधारका लागि राय सुझाव २०८० वैशाख मसान्तसम्ममा इमेलमार्फत उपलब्ध गराउन बोर्डले आग्रह गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी