काठमाडौं । नेपालका प्रसिद्ध छाला, यौनरोग तथा कपाल प्रत्यारोपन विशेषज्ञ डाक्टर प्रशन्न कुमार झा भारतको विश्वप्रसिद्ध इन्डियन डर्माटोलोजी अनलाईन जर्नल आईडोजको पेपर रिभ्युअरमा छनौट भएका छन । डा. झा पेपर रिभ्युअरमा नेपालबाट छनोट हुने पहिलो व्यक्ति हुन् ।
जर्नलका एडिटर इन चिफ प्रोफेसर डाक्टर के ए सीतारामले डा. झालाई पत्र लेख्दै पेपर रिभ्युमा आउन अनुरोध गरेका हुन । एकेडेमिक स्तर राम्रो भएका डाक्टर झाको आर्टिकलहरु रिभ्युको लागि शैक्षिक उत्कृष्टता र विवेकको सम्मान गर्ने भन्दै रिभ्युअरहरुको टोलीमा सामेल हुन आमन्त्रित गरेको आईडोजले पठाएको पत्रमा उल्लेख छ ।
डाक्टर झाले काठमाडौं मेडिकल कलेज (केएमसी) बाट एमबीबीएस , भारतको प्रसिद्ध वनारस हिन्दू विश्वविद्यालय (बीएचयू) बाट क्लिनिकल डर्माटोलोजीमा तीन वर्षे एमडी र जर्मनीको ‘फेलोसिप इन एस्थेटिक मेडिसिन’ (फाम)को कोर्स पुरा गरेका छन । उनका भारतका विभिन्न प्रसिद्ध जर्नलमा १० वटाभन्दा बढी आर्टिकल प्रकाशित भैसकेका छन ।
उनी ईन्डियन सोसाईटी अफ एस्थेटिक मेडिसिन र ईन्डियन इन्स्टिट्यूट अफ लेजर एण्ड एस्थेटिक मेडिसिनका आजीवन सदस्य समेत छन।
आफुलाई आईडोजले पेपर रिभ्युअर मा छनौट गरेपछि खुसी ब्यक्त गर्दै यो नेपाल र नेपाली डाक्टरको लागी निकै महत्वपुर्ण उपलब्धी रहेको डाक्टर झा ले बताएका छन् । बयो छनौटले नेपाली डाक्टरहरु पनि हरेक कुरामा सक्षम र उत्कृष्ट छन भन्ने सन्देश गएकाले नेपालीको प्रतिष्ठानलाई माथि उठाउन सहयोग पुर्याउने उनको भनाइ छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्