काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनियम दरअनुसार मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६२ रुपैयाँ ३६ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ११ पैसा रहेको छ । युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ७४ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ४० पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ८६ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ४६ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८४ पैसा र बिक्री दर ३६ रुपैयाँ शून्य पैसा रहेको छ ।
त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दरः