×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार अमेरिकी डलरको भाउ घट्यो, कतिमा हुँदैछ काराबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मंगलबार अमेरिकी डलरको भाउ घट्यो, कतिमा हुँदैछ काराबार ?

१२ बैशाख २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार मंगलबार विदेशी मुद्राको भाउ केही घटेर आएको छ ।

राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ७६ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ३६ पैसा रहेको छ । सोमबारको तुलनामा अमेरिकी डरको भाउ एक रुपैयाँले घटेको हो । त्यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ९१ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ५७ पैसा रहेको छ । सोमवार १ सय ४४ रुपैयाँ ०१ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ६७ पैसा रहेको युरो मंगलबार भने घटेको हो ।

यता बेलायती पाउण्ड एकको खरिद दर १ सय ६२ रुपैयाँ ५९ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ३३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा तथा साउदी अरवियन रियाल ३४ रुपैयाँ ८६ पैसा र बिक्री दर ३५ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ अन्य देशको मुद्राको विनिमय दरः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी