×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आयकर तिर्न व्यवसायी दुर्गा प्रसाईंलाई १५ दिने अल्टिमेटम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आयकर तिर्न व्यवसायी दुर्गा प्रसाईंलाई १५ दिने अल्टिमेटम

Artha Sarokar

१३ बैशाख २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कर बुझाउनका लागि १५ दिने अल्टिमेटम जारी गरिएको छ । आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले व्यवसायी प्रसाईंलाई कर तिर्न १५ दिने अल्टिमेटम दिएको हो ।

व्यवसायी प्रसाईंले बिएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर तिरेका छैनन् । तिर्नुपर्ने आयकर नतिरेपछि राजस्व कार्यालयले १५ दिनभित्र आयकर बुझाउन उनलाई १५ दिने अल्टिमेटम दिएको हो ।

यता व्यवसायी प्रसाईंले भने मेडिकल कलेज नचलेको र व्यवसाय नभएको भन्दै कर तिर्नु नपर्ने अडान लिँदै आएका छन् । पछिल्लो समय उनी बैंक तथा वित्तीय संस्थाविरुद्धको देशव्यापी आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी