×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको नाफा बढ्दा खराब कर्जा पनि बढ्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

एभरेष्ट बैंकको नाफा बढ्दा खराब कर्जा पनि बढ्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

७ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एभरेष्ट बैंकको खुद नाफामा ६२.६३ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ४६ करोड ६० लाख ६४ हजार रुपैयाँ कमाएको छ । गत आर्थिक वाषर््को सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड ६३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.३८ प्रतिशतले बढेर ५ अर्ब ५८ करोड ७२ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको सञ्चालन मुनाफा ६२.५९ प्रतिशतले बढेर ३ अर्ब ५२ करोड २८ लाख ८६ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकको आरओई १३.६१ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यसको आरओई ९.५० प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंकको नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । चैत मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २९ पैसाले बढे ३० रुपैयाँ ७४ पैसा पुगेको छ । त्यस्तै, गत वर्ष ०.२६ प्रतिशत रहेको खराब कर्जा यो वर्ष ०.७० प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने २२५ रुपैयाँ ८६ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: