×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ बिहीबार फलफूल तथा तरकारीको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यस्तो छ बिहीबार फलफूल तथा तरकारीको मूल्य

Artha Sarokar

७ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, अदुवा १२० रुपैयाँ, रातो आलु ३२ रुपैयाँ, सेतो आलु २८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ३० रुपैयाँ, कागती २३० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, चमसूरको साग ८० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ५० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, भारतीय सुकेको प्याज ३२ रुपैयाँ, हरियो प्याज २५ रुपैयाँ, पुदिना १२० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, ब्रोकाउली ६० रुपैयाँ, भान्टा लाम्चो ३० रुपैयाँ, भिण्डी ६० रुपैयाँ केजी र हरियो धनियाँ ४० रुपैयाँ पाइने छ । कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, भारतीय सुन्तला १५० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ, किवि ४०० रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी