Skip to content
LAXMI SUNRISE BANK

उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारण सभा सुरु

अर्थ सरोकार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारण सभा सुरु भएको छ । मंगलबार एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पानसमा दियो बालेर साधारण सभाको उद्घाटन गरेका हुन् ।

मंगलबारदेखि सुरु भएको साधारण सभाले वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई विधानअनुसार स्वतः अध्यक्षमा चयन गर्नेछ । त्यस्तै, महासंघको नयाँ वरिष्ठ उपाध्यक्ष लगायतका पदका लागि भने २९ गते (बुधबार)देखि निर्वाचन हुनेछ ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघाई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षसँगै सभाले महासंघको ६४ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK