Skip to content
LAXMI SUNRISE BANK

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु, वरिष्ठ उपाध्यक्षका लागि त्रिपक्षीय भीडन्त !

अर्थ सरोकार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । मंगलबारदेखि सुरु भएको महाधिवेशनमा बुधबार बिहान ८ बजेदेखि नयाँ कार्यसमिति चयनका लागि मदतान सुरु भएको हो ।

मतदान ४ बजेसम्म जारी रहेनछ । महासंघको विधानअनुसार अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः चयन हुनेछन् । उनी अहिले महासंघको बरिष्ठ उपाध्यक्ष छन् ।

कार्यसमितिका लागि ४ सदस्य सर्वसम्मत चयन भएका छन् । सर्वसम्मत हुनेमा लुम्बिनी प्रदेशबाट जम्शेर मिया, राष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट सुनिल केसी, संस्थापक सदस्यको तर्फबाट भीष्मप्रसाद न्यौपाने र सुदूरपश्चिम प्रदेशको तर्फबाट जंगबहादुर मल्ल हुन् ।

त्यस्तै, बरिष्ठ उपाध्यक्षसहित बाँकी ५९ कार्यसमिति सदस्यका लागि निर्वाचन सुरु भएको छ । बरिष्ठ उपाध्यक्षमा चयन हुने व्यवसायी उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई चुनावी मैदानमा छन् । उनीहरु आ–आफ्ना प्यानल बनाएर चुनावमा प्रतिष्पर्धा गर्दै छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK