काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि पुनः दोस्रो चरणको निर्वाचन हुने भएको छ । पहिलो चरणको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघाई प्रतिस्पर्धाबाट बाहिरिएसँगै दोस्रो चरणको प्रतिष्पर्धामा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ भिड्ने भएका हुन् ।
बुधबार भएको निर्वाचनको सबै मत परिणाम बिहीबार बिहान सार्वजनिक हुँदा वरिष्ठ उपाध्यक्ष पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मतभार कटाउन नसकेपछि सबैभन्दा धेरै मत पाएका अञ्जन र उमेशबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।
अञ्जनले ३७.९९ प्रतिशत मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी उमेशलालले ३१.७१ प्रतिशत मत पाए । त्यस्तै, ३०.४६ प्रतिशत मत पाएका संघाइ दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका छन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्