काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै अन्जन श्रेष्ठ निर्विरोध महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
पहिलो चरणमा तीन जनाले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणमा निर्वाचन हुने भनिएकोमा उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठबीच सहमति भएको हो । वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवारबीच सहमति भएसँगै उमेशलाल श्रेष्ठले अन्जनलाई समर्थन गरेका हुन् ।
यसअघि बुधबार भएको मतदानमा अञ्जनले ३७.९९ प्रतिशत मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी उमेशलालले ३१.७१ प्रतिशत मत पाएका थिए । त्यस्तै, ३०.४६ प्रतिशत मत पाएका संघाइ दोस्रो चरणको प्रतिस्पर्धाबाटै बाहिरिएपछि दुईजनाबीच सहमतिको लागि पटक-पटक छलफल भएको थियो ।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ । हाल महासंघको अध्यक्षमा चन्द्र ढकाल विधानअनुसार स्वतः अध्यक्ष भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्