×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एफएनसीसीआई नवनिर्वाचित प्रतिनिधिमण्डल र गभर्नरबीच भेटवार्ता, कर्जाको ब्याजदर घटाउनु पर्नेमा महासंघको जोड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एफएनसीसीआई नवनिर्वाचित प्रतिनिधिमण्डल र गभर्नरबीच भेटवार्ता, कर्जाको ब्याजदर घटाउनु पर्नेमा महासंघको जोड

Artha Sarokar

७ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एफएनसीसीआई नवनिर्वाचित प्रतिनिधिमण्डल र गभर्नरबीच भेटवार्ता भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बुधबार भेटवार्ता गरेको छ ।

अध्यक्ष ढकालले भेटका क्रममा नेपाली अर्थतन्त्र न्युन माग र उच्च मुल्य वृद्धिका कारण समस्यामा रहेकोले केन्द्रिय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताएका छन् । बजारमा तरलता पर्याप्त हुँदाहुँदै पनि बजारमा माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको पनि उनले बताएका छन् । ब्याजदर घटाउन केन्द्रिय बैंकले उपलब्ध सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्नेमा जोड दिएका छन् ।

यसैगरि निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीहरुले कर्जाको सावा ब्याज तिर्न नसक्ने अवस्था भएको हुँदा असार मसान्तसम्मका लागि पुर्नसंरचना र पुर्नतालिकीकरणको सुविधा दिनुपर्ने अध्यक्ष ढकालले बताए । बैंकहरुको खराब कर्जासमेत बढन सक्ने हुँदा उक्त सुविधा दिइनुपर्नेमा ढकालले जोड रहेको छ ।

सो अवसरमा गभर्नर अधिकारीले उद्योग वाणिज्य महासंघका सुझावलाई सकारात्मक रुपमा लिएर कार्यान्वन गरिने आश्वासन दिएका छन् । गभर्नर अधिकारीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा, बजेट र मौद्रिक नीति मार्पmत पनि महासंघका सुझावहरु समावेश गरिने जानकारी गराएका छन् । साथै महासंघसंगको सहकार्य राष्ट बैंकका लागि पनि महत्वपूर्ण रहेको उनको धारणा छ । भेटमा महासंघका नवनिर्वाचित पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी