काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहीबार सुनको मूल्य घढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो ।
बुधबार छापावाला सुन प्रतितोला एक लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार एक सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला एक लाख ९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९३ हजार ९ सय ६५ रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९३ हजार ५ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय १३ रुपैयाँ कायम गरेको छ ।