Skip to content
LAXMI SUNRISE BANK

मंगलबार बढ्यो सुनको मूल्य, चाँदीको मूल्य भने स्थिर

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला एक लाख ९ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला एक हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९३ हजार ८ सय ८० रुपैयाँ र भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय १७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK