काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । सोमबार १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन मंगलबार भने १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९३ हजार ४ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय रुपैयाँ कायम गरेको छ ।