काठमाडौं । साताको कारोबारको पाचौँ दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन बिहिबार भने ८ सय रुपैयाँले घटेर १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९४ हजार ४ सय ८० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ३० रुपैयाँ कायम गरेको छ ।