Skip to content
LAXMI SUNRISE BANK

गुराँस लाइफ इन्स्योरेन्सद्धारा १३ लाखको मृत्यु दाबी भुक्तानी

अर्थ सरोकार

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले प्युठानमा एक कार्यक्रमको आयोजना गरि आज मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका रोल्पाको परिवर्तन गाउँपालिका वडा नं –५ निवासी मनिपाल बुढा मगरको परिवारलाई १३ लाख रुपैंयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय प्रमुख मोहन लाल कुँवरले मृतकको श्रीमती रास्टी रोकालाई उक्त चेक हस्तान्तरण गरेका हुन् । बुढाले गुराँस लाइफ इन्स्योरेन्समा म्यादी जीवन बीमा गरेका थिए । मृत्यु दाबी भुक्तानी बापत आएको केहि रकमबाट रोकाले आफ्नो भविष्यको लागि बचत समेत गरेकी छिन् ।

रोकालाई ४ लाख १० हजारको गुराँस जीवन रक्षक बीमा योजनाको बिमालेख समेत कम्पनीले आज नै प्रदान गरेको छ। बीमालेख ग्रहण गर्दै रोकाले समयमा नै सबैले जीवन बीमा गर्नुपर्ने भन्दै जीवन बीमाले भोलीका दिनहरुमा आर्थिक सहायता प्रदान गर्ने बताइन् ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK