Skip to content
LAXMI SUNRISE BANK

आईपिओ निष्काशन गर्दौ ईङवा हाइड्रो, वैशाख १३ गतेदेखि बिक्रि खुल्ला

अर्थ सरोकार

काठमाडौँ । ईङवा हाइड्रोपावर लिमिटेडले वैशाख १३ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले कम्पनीका कर्मचारीलाई २९ हजार ८ सय ६३ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ७४ हजार ६ सय ५८ कित्ता सुरक्षित गरि सर्बसाधारणलाई १२ लाख ६८ हजार ६ सय ३९ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

सर्बसाधारणले आईओमा वैशाख १७ गतेसम्म आवेदन दिन सक्ने छन् । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंङ बिक्रि प्रबन्धक रहेको छ ।

ईङवा हाइड्रोपावरले ताप्लेजुङ्गमा ९.७ मेगावाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०८० साल जेठ १६ गतेबाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK