×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वार्षिकोत्सवको अवसरमा नेपाल लाइफले ल्यायो क्यासब्याक अफर 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वार्षिकोत्सवको अवसरमा नेपाल लाइफले ल्यायो क्यासब्याक अफर 

Artha Sarokar

७ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले क्यासब्याक  अफर सार्वजनिक गरेको छ । यस कम्पनीले २३ औँ वार्षिकोत्सवको अवसरमा बीमा शुल्कको नविकरण ई-सेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरूका लागी ५% वा २३० रुपैयाँ सम्मको क्यासब्याक अफर सञ्चालनमा ल्याएको हो ।

ग्राहकहरूले यो सुविधा बैशाख महिना भरि लिन सक्नेछन् । सूचना प्रविधिमा आएको आमूल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाशक्रमसंग आफ्ना ग्राहक तथा अभिकर्ताहरूलाई साक्षात्कार गराउने अभिप्रायले यो अफर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

प्रविधिको अधिकतम प्रयोग गर्दै कार्यसम्पादन गर्न अब्बल रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नवीकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरू ई-सेवा, खल्ती, फोन-पे, कनेक्ट आइ.पी.एस, आई एम ई-पेप्रभु-पे संग सम्झौता गरेको छ । यस कम्पनीका ग्राहकहरुले घरै बसी बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन् । 

यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले घर बाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथ साथै कारोबार सुरक्षित समेत हुने बताए । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी