Skip to content
LAXMI SUNRISE BANK

आत्मनिर्भर र बिपिडब्लु लघुवित्तको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

अर्थ सरोकार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई वटा लघुवित्तको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा आज आत्मनिर्भर र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आइपीओ सूचीकृत भएको हो ।

आत्मनिर्भर लघुवित्तको चुक्ता पुँजीका आधारमा कायम कुल ६ लाख २३ हजार ३२३ कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ३७१.८२ रुपैयाँदेखि ११ सय १५.४६ रुपैयाँसम्म तोकेको छ । सोही मूल्यभित्र रहेर यसको पहिलो कारोबार हुनेछ । यसको सेयर कारोबार ‘एएनएलबी’ संकेतमा हुनेछ ।

यता, बिपिडब्लु लघुवित्त लघुवित्तको पनि चुक्ता पुँजीका आधारमा कायम कुल ३ लाख कित्ता सेयर आइपीओ सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ८६.८६ रुपैयाँदेखि २६०.३४ रुपैयाँसम्म तोकेको छ । सोही मूल्यभित्र रहेर बिपिडब्लुको पहिलो कारोबार हुनेछ । ‘बिपिडब्लु’ संकेतमा यसको सेयर कारोबार हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK