×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इङवा हाइड्रोपावरको आइपीओमा १०.८६ गुणा बढी पर्यो आवेदन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

इङवा हाइड्रोपावरको आइपीओमा १०.८६ गुणा बढी पर्यो आवेदन

Artha Sarokar

१७ बैशाख २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । इङवा हाइड्रोपावरले बैशाख १३ गतेदेखि निष्काशन गरेको आइपीओमा १ अर्ब ३७ करोेड ८० लाख ८० हजरा रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (वैशाख १७ गते) सम्ममा १२ लाख ५९ हजार ९०१ जना आवेदकले १ करोड ३७ लाख ८० हजार ८०० कित्ताका लागि आवेदन दिएका हुन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १०.८६ गुणा बढी आवेदन हो । कम्पनीले वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि १२ लाख ६८ हजार ६३९ कित्ता सेयर बिक्री खुला गरेको थियो ।

कम्पनीले कुल १८ लाख कित्ता आइपीओमध्ये स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यसअघि नै आइपीओ बिक्री गरिसकेको छ ।

त्यस्तै, ५५ अर्थात् ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् २९ हजार ८६३ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको हो ।

यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ मंसिर २२ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० पुस ४ गतेसम्म बाहल रहनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी