काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले ठेकेदारी प्रथामा निर्भर हुनुपर्दा नेपालको विकासले गति नलिएको टिप्पणी गरेका छन् ।
बुधवार काठमाडौंमा आयोजित सहकारीकर्मीहरुको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै शर्माले नेपालमा पछिल्लो समय जनसहभागितामा नभई ठेकेदारी प्रथामा मात्रै निर्भर विकास प्रणालीका कारण काम समयमै सम्पन्न हुन नसकेको टिप्पणी गरेका हुन् ।
वित्त क्षेत्रमा बनेका कतिपय नीतिको कार्यान्वयन नहुँदा त्यसले वित्त सहकारीहरूले समस्या निम्तिएको बताएका उनले, श्रम सहकारी मार्फत उत्पादन र विकास निर्माणमा लाग्नुपर्ने तर्क गरे । उनले भने ‘जनसहभागितालाई विकास निर्माणमा सहभागी गरेर सहकार्यमा अगाडि बढाउनुपर्ने हाम्रो ऐतिहासिक शिक्षालाई ग्रहण गरेर आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने नीति निर्माण गर्नुपर्छ । र त्यसलाई कार्यान्वयन गर्न श्रम सहकारी मार्फत उत्पादन र विकास निर्माण काममा सहभागी हुने नीति बनाएको कुरा स्पष्ट पार्न चाहन्छु ।’
नेपालमा भएका वित्त सहकारीले लगानीको पचास प्रतिशत उत्पादनमुखी क्षेत्रमा लगाउनु पर्ने नीति कार्यान्वयन नगर्दा सहकारीको क्षेत्र डुबेको उनको तर्क छ । त्यस्तै, माओवादी पार्टी भित्रैको बेरोजगारीको अन्त्य गर्न पनि उत्पादनमुखी क्षेत्रमा लाग्नुको विकल्प नभएको उनको भनाई छ ।
पालिका स्तरबाटै सहकार्य र सहकारीलाई उत्पादनसँग जोड्ने गरी काम अघि बढाउनु आवश्यक रहेको उनले बताए ।
विशेष गरी वित्त सहकारीहरूले आज जुन खालको समस्या पैदा गरेको छ , त्यो पुँजीलाई उत्पादनमा लगाउनुपर्ने आवश्यकता रहेको भन्दै सङ्गठनभित्र उत्पादनको सेल बनाएर पार्टी सङ्गठनको पालीका स्तरीय नेतृत्व गर्ने उत्पादनको सेल बढाउने नेतृत्व निर्माण गर्नु पर्ने उनको भनाई रहेको छ । उनले भने ‘अब सहकारीको रूपमा समूहको रूपमा उत्पादनसँग जोडेको कमिटी हुनुपर्छ । पहिला माओवादी भित्रको बेरोजगारीलाई अन्त्य गरेर मात्र हामी समग्र देशको बेरोजगारी अन्त्य गर्ने नेतृत्व गर्न सक्छौँ ।’
सहकारीले आफ्नो मूल उद्देश्यबाट विचलित भएर नाफा कमाउने उद्देश्यमा लागेकाले अहिले समग्र क्षेत्रमै विचलन आएको उनको विश्लेषण छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्