काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेश थकाली नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले थकालीलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।
थकाली यसअघि प्रभु बैंकमा चिफ बिजनेश अफिसरका रुपमा कार्यरत थिए । साढे २ वर्ष प्रभु क्यापिटलको प्रवन्ध निर्देशकसमेत रहेका थकाली सांग्रिला डेभलेपमेन्ट बैंकमा रहँदा कामु सीईओ थिए ।
चार्टर्ड एकाउन्टेन्टसमेत रहेका थकालीसँग बैंक ऋण, निक्षेप बजारीकरणदेखि पुँजी बजारसम्मको राम्रो ज्ञान छ ।