काठमाडौं । आइतबार काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा परेको छ । बिहान ११ बजेदेखि केही समय विश्वकै एक नम्बर प्रदूषित शहरको सूचीमा परेको काठमाडौं दिउँसो १ बजेपछि भने दोस्रो नम्बरमा झरेको हो ।
विश्वभरका शहरहरको वायु प्रदूषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार आइतबार सबैभन्दा धेरै वायु प्रदूषण भएको शहरमा काठमाडौं एक नम्बरमा पुगेको हो । बिहान ११ बजेदेखि केही समयसम्म काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ थियो । जतिखेर दोस्रो स्थानमा रहेको थाइल्यान्डको चियाङ माई शहरको एयर क्वालिटी इन्डेक्स १८३ थियो ।
दिउँसो १ बजे भने काठमाडौंको एयर क्वाललिटी इण्डेक्स १ सय ७२ मा झरेर दोस्रो नम्बरमा पुगेको थियो । दोस्रो स्थानमा रहेको चियाङ माई शहर १ सय ७४ अंकका साथ पहिलो नम्बरमा पुगेको छ ।
आईक्यु एयरका अनुसार तेस्रो स्थानमा कोलकाता १ सय ५८ , चौथो नम्बरमा थाइल्याण्डको राजधानी बैंकक १ सय ५६ र पाँचौ नम्बरमा भारतको राजधानी नयाँ दिल्ली १ सय ५४ रहेको छ । देशको विभिन्न स्थानमा लागेको डढेलोका कारण वायु प्रदूषण ह्वात्तै बढेकाले सचेतता अपनाउन वातावरण विभागले आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्