×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पानीको हाहागार मच्चिएपछि नगरपालिकामै पुगे स्थानीय, खाली गाग्रीको लाईन लगाएर बसे धर्ना (फोटो-कथा)

काठमाडौं । चन्द्रागिरी नगरपालिका स्थित बलम्वु १२ मा खानेपानीको अभाव भएपछि स्थानीय बासिन्दाले नगरपालिका कार्यालयमा खाली गाग्री राखेर धर्ना दिएका छन् । प्राकृतिक मुहान सुकेको र सम्झौता गरेको पानी पनि सुकेको कारण अहिले पानीको समस्या भएको भन्दै स्थानीयवासी रित्तो गाग्री बोकेर नगरपालिकाको कार्यालय पुगेका हुन् ।

नगरपालिकामा खाली गाग्री राख्दै स्थानीयले माग पूरा नभएसम्म विरोध नरोक्ने चेतावनी दिएका छन् । ‘अहिले प्रति दिन १ जार पानी पाउन पनि गाह्रो छ । ५ किलोमिटर हिडेर पानी लिन जानु पर्ने अवस्था छ ।’, स्थानीयले भने, ‘वडामा पनि कुरा राखेका छौँ । माग पूरा नभएसम्म खाली गाग्री यहिँ राख्छौँ ।’

स्थानीयका अनुसार नेपाल खानेपानी कम्पनीसँग सम्झौता गरेर दैनिक २ लाख लिटरको दरले पानी लिने सम्झौता भएको थियो । पहिला जनघनत्व कम हुँदा पानी पर्याप्त थियो । तर, अहिले जनघनत्व व्यापक वृद्धि भएकोले पानीको अभाव सुरु भएको उनीहरुको भनाइ छ ।

दुई पक्षबीच भएको सम्झौतापछि प्रतिदिन २ लाख लिटर पानी पाउनुपर्ने स्थानीयको माग छ । पानीको पर्याप्त वितरणका लागि वडा र नगरपालिकाले सहजीकरण गर्नुपर्ने उनीहरुको भनाइ रहेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: