×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खिचापोखरीमा डिआरएन इन्टरनेशनल प्रा.लिद्धारा विजनेस कम्प्लेक्स ‘डिआरएन टावर’को निर्माण, नयाँ वर्षको दिन उद्घाटन हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

खिचापोखरीमा डिआरएन इन्टरनेशनल प्रा.लिद्धारा विजनेस कम्प्लेक्स ‘डिआरएन टावर’को निर्माण, नयाँ वर्षको दिन उद्घाटन हुने

Artha Sarokar

३० चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डिआरएन इन्टरनेशनल प्रा.लिले विजनेस कम्प्लेक्स ‘डिआरएन टावर’ निर्माण गरेको छ । कम्पनीले काठमाडौँ व्यापारिक केन्द्र न्यूरोडस्थित खिचापोखरीमा उक्त ‘डिआरएन टावर’ निर्माण गरेको हो । उक्त ‘डिआरएन टावर’ बैशाख १ गते नव वर्षको अवसरमा उद्घाटन हुने भएको छ ।

डिआरएन टावरमा १२३ स्क्वायर फिटदेखि ११ सय स्क्वायर फिटसम्मका अफिस तथा व्यवसायिक पसलहरु निर्माण गर्न सकिनेछ । विभिन्न देशका व्यापारिक कम्प्लेक्सहरुको अध्ययन र अनुसन्धानको आधारमा सो टावर निर्माण गरिएको हो ।

भुकम्प प्रतिरोधी प्रविधिप्रयोग गरी निर्माण गरिएको यस टावरमा अत्याधुनिक डिजिटल लाईटिङ सिस्टम जडान गर्नुका साथै २४सै घण्टा सुरक्षाको व्यवस्था पनि गरिएको छ । साथै सीसीटिभी क्यामेराहरुको जडान, इन्टरनेटको सुविधा, फायर फाईटिङ सिस्टम जडान, लिफ्ट जडान, पावर ब्याकअपको सुविधा, एसी तथा एअर फ्रेसरहरु जडान गरिएको छ ।

नेपालकै पहिलो व्यापारिक वाकिङ स्ट्रिटका रुपमा चिनिएको न्यूरोड खिचापोखरीमा निर्माण भएको यस टावरमा ८ तला रहेको छ । यो टावर विभिन्न व्यापारिक तथा प्रशासनिक कार्यालय, कर्पोरेट अफिस, ब्राण्डेड सोरुमहरु, बैंक तथा वित्तीय संस्थाहरु (फाइनान्स, सहकारी समेत) का लागि अति उपयोगी रहेको दाबी गरिएको छ ।

उक्त टावरबाट काठमाडौंको सुन्दर दृश्य पनि अवलोकन गर्न सकिनेछ । यस्तै लक्जिरियस फुड कोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरुको पनि व्यवस्था छ । सो कम्प्लेक्स भाडा तथा खरिद गरेर प्रयोग गर्न सकिनेछ । साथै सोही क्षेत्रमा व्यापार व्यवसाय संचालन गर्दै आएका तथा व्यापार विस्तार गर्न चाहने सबै उद्यमी व्यवसायीहरुका लागि अफरको व्यवस्था पनि रहेको छ ।

यस्तै ठमेलमा पनि व्यापारिक कम्प्लेक्स संचालनमा ल्याउने तयारी भइरहेको कम्पनीका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले जानकारी दिएका छन् । महाबौद्धमा पनि डिआरएन टावर संचालनमा छ । यस्तै कम्पनीकोे डिआरएन ब्राण्डका टेलिभिजन, टेलिफोन, साउन्ड सिस्टम लगाएतका विभिन्न इलेक्ट्रोनिक्स सामानहरु बजारमा उपलब्ध छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी