काठमाडौँ । कोशी प्रदेशमा पहिलो पटक निजीक्षेत्रको लगानीमा उत्पादित ६.८ मेगावाट सौर्य विद्युत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । २०७९ चैत्र १४ गतेदेखि उक्त सौर्य विद्युत विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।
औद्योगिक कोरिडोर समेत रहेको बुढिगंगा गाउपालिका, मोरंगमा जि.आई. सोलार प्रा.लि द्वारा निर्माण गरिएको यस आयोजनाबाट उत्पादन हुने विद्युत १५ दिनको परिक्षण उत्पादन पछि गत चैत्र ३० गते देखि व्यापारिक उत्पादनमा परिणत भई सकेको छ ।
आयोजनाबाट उत्पादित विद्युत करिब ३ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत प्राधिकरणको बासवारी, बिराटनगर मल्टीफ्युल सबस्टेशनमा जोडिएको छ । सबस्टेशन सम्मको आवश्यक ३३ केभी प्रसारण लाइन स्थानीय जनसमुदायको सुरक्षालाई ध्यानमा राखी डबल सर्किट अन्डरग्राउण्ड गरि कम्पनी आफैले निर्माण गरेको हो ।
कृषिलाई असर नपर्ने गरि आधुनिक प्रविधिवाट निर्माण भएको यस आयोजनाले मनमोहन टेक्नीकल युनिर्भसिटी, धरान प्राविधिक कलेज आदिमा अध्ययनरत विद्यार्थीहरुको लागि अध्ययन केन्द्र तथा प्रयोगशाला समेत हुनेछ । कृषि सम्बन्धमा भ्याल्युएवल प्लान्ट र क्रोप्स उत्पादनको लागि अध्ययन भैरहेको र नेपालमा कृषि क्षेत्रमा कार्यरत सरकारी, गैर सरकारी क्षेत्रहरुलाई समेत समावेश गरि प्रविधिको नयाँ मोडलमा “राष्ट्रिय गौरवको आयोजनाका रुपमा यस आयोजनालाई अगाडि बढाउने कुरा उक्त आयोजनाका कार्यकारी निर्देशक श्री गणेश बहादुर ढुंगानाले जानकारी गराएका छन् ।
कोभिडको महामारीकाबीच काम सुरु गरि नेपाल विद्युत प्राधिकरणसंग पि.पि.ए. भएको समयावधि भित्रै करिव ११ महिनामा आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ। आयोजनाबाट वार्षिक १६ करोड युनिट विद्युत उत्पादन हुने र प्रति युनिट रु. ७.३० मा सम्झौता भएको छ ।
अमेरिका निवासी गालब बहादुर ढुंगाना एवं परिवारको एकल स्वामित्वमा रहेको यस आयोजनाको लागि एन. एम. बि. बैंकको ८० प्रतिशत लगानी रहेको छ भने आयोजना निर्माणमा ७० करोड खर्च भएको छ । आगामी दिनमा पनि सौयं विद्युत आयोजना लगायत विद्युत संग सम्बद्ध अन्य आयोजना पनि संचालन गर्नेबारे अध्ययन भैरहेको गणेश ढुंगानाले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्