×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अख्तियार निजी क्षेत्र निरुत्साहित गर्ने अर्को एक तह बन्नसक्ने : पूर्व प्रधानमन्त्री ओली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अख्तियार निजी क्षेत्र निरुत्साहित गर्ने अर्को एक तह बन्नसक्ने : पूर्व प्रधानमन्त्री ओली

Artha Sarokar

१० बैशाख २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियारले निजी क्षेत्र हेर्ने गरि व्यवस्था भएमा निजी क्षेत्रको थप एक नियामक थपिने र यसले निजी क्षेत्रलाई निरुत्साहित बनाउने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलसंग शनिवार भएको भेटमा पूर्वप्रधानमन्त्री ओलीले उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुने बेलासम्म पनि आफूलाई जानकारी नभएको बताएका हुन् ।

राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धि विधेयकमा निजी क्षेत्रलाई समेत समेटने व्यवस्था भएकोले उक्त व्यवस्था हटाउन अध्यक्ष ढकालले आग्रह गरेका थिए ।

अर्थतन्त्रमा ८० प्रतिशत भन्दा बढि लगानी र रोजगारी दिइरहेको निजी क्षेत्र उक्त व्यवस्था पारित भएमा हतोत्साही हुने र लगानीको वातावरण विग्रिनेतर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराएका थिए ।

ओलीले निजी क्षेत्रका समस्या सम्बोधन गरि निर्वाध काम गर्ने वातावरण बनाउन आफू र आफ्नो पार्टी सधै तत्पर रहेको बताए । वित्तिय क्षेत्रका समस्या समाधान गरि कर्जा प्रवाह बढाउनुपर्ने पक्षमा आफू रहेको जानकारी पनि उनले गराए ।

महासंघको प्रतिनिधिमण्डलमा अध्यक्ष ढकाल सहित नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ लगायत कार्यकारिणी समिति सदस्यहरुको सहभागिता थियो ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी