×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उँधोगतिमा कृषि विकास बैंक, नाफामा ४५ प्रतिशतको पहिरो जाँदा ईपीएसमा पनि भारी गिरावट (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

उँधोगतिमा कृषि विकास बैंक, नाफामा ४५ प्रतिशतको पहिरो जाँदा ईपीएसमा पनि भारी गिरावट (विवरणसहित)

७ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कृषि विकास बैंकको ‘पर्फमेन्स’ झनै फितलो देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत्र मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको ‘पर्फमेन्स’ झनै खस्किएको देखिएको हो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कृषि विकास बैंकले १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.३६ प्रतिशत कम हो । गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ९० करोड ५३ लाख रुपैयाँ रहेको खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कृषि विकास बैंकको खराब कर्जामा पनि अस्वभाविक वृद्धि देखिएको छ । बैंकले प्रकाशित गरेको विवरण अुनसार बैंकको खराब कर्जा २.३२ प्रतिशतबाट बढेर ४.३५ प्रतिशत पुगेको छ । जसका कारण बैंकको इम्पेयरमेन्ट चार्च २ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म बैंकको सञ्चालन नाफा पनि ४८.१५ प्रतिशतले घटेर १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सोही अवधिमा बैंकको निक्षेप संकलन ५१.०४ प्रतिशतले घट्दा कर्जा लगानी भने २.५५ प्रतिशतले बढेको छ ।

यता समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि ७९.६२ प्रतिशतले घटेर ५८ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ८.५६ रुपैयाँले घटेर ७.९ रुपैयाँमा सिमित भएको छ । हाल बैंकको प्रतिसेयर नेटवर्थ २०१.४ रुपैयाँ रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: