काठमाडौं । कृषिमन्त्री बेदुराम भुषालले वर्तमान कृषि प्रक्रियालाई यान्त्रिकरण गर्नुपर्ने बताएका छन् । नेकपाएकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा अखिल नेपाल किसान महासंघको ७३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री भुषालले यस्तो बताएका हुन् ।
मन्त्री भुषलले सरकारको नीति आयातलाई प्रतिस्थाप नगर्ने भएको बताए । देशको कृषि क्षेत्रमा भएको सिचाई, बाझो जमिनको र वन्यजन्तुको समस्यालाई समाधान गर्दै उत्पादन वृद्धि गर्ने हो भने देशको अर्थतन्त्रलाई सुधार गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
उनले भने ‘उत्पादनलाई बढाउन मात्र सके आर्थिक क्षेत्रमा विकास हुन्छ, तर त्यो समस्या समाधानको लागि सिचाई, बाझो जमिनको पनि समस्या छ र वन्यजन्तुको समस्या पनि । आजको आन्दोलन कृषि क्षेत्रलाई यान्त्रिकरण गर्नुपर्ने आन्दोलन हुनुपर्छ । मानिसले मात्र गरेर अब कृषि क्षेत्रको विकास हुँदैन् । कम श्रम लगाएर धेरै उत्पादनगर्ने तर्फ अगाडि बढ्नै पर्छ, त्यसले उत्पादन लागतकम भएपछि उत्पादन भएको वस्तु पनि कममूल्यमा विक्रि हुन्छ ।’
मन्त्री भुषालले अबको नीति भनेको उत्पादन वृद्धि गर्ने आयातलाई प्रतिस्थापन गर्ने र निर्यात प्रवद्र्धन गर्ने रहेको भन्दै यसको लागि कृषि क्षेत्रलाई आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए । उनले कृषिमाजम्मा २ देखि ३ प्रतिशत बजेट मात्र आउने गुनासो पनि गरे । जसमा ३१ अर्ब मललाई, १२ अर्ब प्रदेशलाई र बाँकीले कर्मचारीहरुको तलब दिने बाहेक कृषि क्षेत्रको विकासको लागि रकम नरहने हुदाँ यसमा बजेट थप्नको लागि सक्दो प्रयास गरिरहेको उनको भनाई थियो ।
उनले कृषि शिक्षालाई पाठ्यक्रममा राख्नुपर्ने भन्दै राष्ट्रिय अर्थतन्त्रलाई सहयोग गर्न किसानका समस्याको समाधनहुनु आवश्यक भएको उल्लेख गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्