काठमाडौं । एनसीसी बैंकलाई मर्ज गरी गत पुस १७ गतेदेखि एकिकृत कारोबार सुरु गरेको कुमारी बैंकको खुद नाफा थोरै मात्रामा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा नाफामा ०. ९७ प्रतिशतले वृद्धि भएको हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ८२ करोड २ लाख रुपैयाँ (पुस १६ गतेसम्मको एनसीसी बैंकको खुद नाफा सहित) खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
त्यस्तै समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८४.७५ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६७.८८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.९६ प्रतिशतबाट बढेर ३.९७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज २५ करोड रुपैयाँबाट बढेर ३ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। यसले गर्दा बैंकको सञ्चालन मुनाफा २७.८२ प्रतिशत घट्न पुगेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २४ लाख ८६ हजार रुपैयाँ रहेको छ।
नाफा थोरै बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ९ पैसा घटेर ९ रुपैयाँ २५ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.०२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ २९ पैसा रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्